स्कटल्याण्ड ७ विकेटले पराजित, दीपेन्द्रको विष्फोटक अर्धशतक

spot_img

मुम्बईको वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ। टि-२० विश्वकप २०२६ को समूह चरणको यो अन्तिम खेलमा नेपालले विश्वकप इतिहासमै आफ्नो पहिलो ठूलो जित दर्ता गरेको हो।

नेपालले स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्यलाई १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। यो नेपालको टि-२० विश्वकप इतिहासकै सबैभन्दा महत्वपूर्ण र पहिलो जित हो। वानखेडेको मैदानमा हजारौँ नेपाली समर्थकहरूका सामु यो जितले नेपालको विश्वकप यात्रालाई सुखद अन्त्य दिएको छ।

नेपालको जितका मुख्य सूत्रधार दीपेन्द्र सिंह ऐरी बने। उनले मात्र २३ बलमा ५० रनको तुफानी अर्धशतकीय पारी खेले। उनले स्कटल्याण्डका बलर माइकल लिस्कलाई लगातार छक्का प्रहार गर्दै खेललाई नेपालको पक्षमा मोडेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार