विश्वकप यात्रा टुङ्ग्याउँदै नेपाल: आज स्कटल्याण्डसँग प्रतिष्ठाको लडाइँ

spot_img

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज (फेब्रुअरी १७, २०२६) समूह ‘सी’ को अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ।

मुम्बईको प्रसिद्ध वाङ्खेडे स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ, किनकि नेपाल र स्कटल्याण्ड दुवै यसअघि नै प्रतियोगिताको समूह चरणबाट बाहिरिइसकेका छन्।

नेपालले यसअघिका आफ्ना तीनवटै खेलमा हार बेहोरेको छ—इङ्ल्यान्डसँग ४ रनको झिनो अन्तरले, इटालीसँग १० विकेटले र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर ८ को यात्रा समाप्त भएको हो।

अर्कोतर्फ, स्कटल्याण्डले इटालीलाई हराएर सुखद सुरुवात गरे पनि त्यसपछिका खेलमा हार बेहोर्दै बाहिरिन पुग्यो। यस्तो अवस्थामा, नेपाल आजको खेल जितेर विश्वकपको सुखद अन्त्य गर्न र आफ्ना समर्थकहरूलाई खुसी तुल्याउन मैदान उत्रनेछ।

सम्बन्धित समाचार

ताजा समाचार