इटालीलाई रोक्न इङ्गल्याण्डको विष्फोटक ब्याटिङ, जितका लागि २०३ रनको चुनौती

spot_img

कोलकत्ताको ऐतिहासिक इडेन गार्डेन्समा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको महत्वपूर्ण खेलमा इङ्गल्याण्डले इटालीविरुद्ध विशाल योगफल तयार पारेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०२ रन बनायो। इङ्गल्याण्डको पालीमा विल ज्याक्सले विष्फोटक ब्याटिङ गर्दै मात्र २२ बलमा ५३ रन (नटआउट) जोडे भने फिल साल्टले २८ र ज्याकोब बेथेलले २३ रनको योगदान दिए।

इटालीका बलरहरूले बीचको ओभरमा केही विकेट लिएर दबाब सिर्जना गरे तापनि अन्तिम १० ओभरमा इङ्गल्याण्डका ब्याटरहरूले १२० रन जोड्दै खेलमा पकड जमाए। इटालीका लागि अली हसन र ग्रान्ट स्टुअर्टले विकेट लिए तापनि इङ्गल्याण्डको आक्रामक ब्याटिङ रोक्न सकेनन्।

नेपाललाई पराजित गरेर हौसिएको इटालीका लागि यो लक्ष्य निकै चुनौतीपूर्ण मानिएको छ। अहिले इटालीले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार