वेस्ट इन्डिज ९ विकेटले विजयी, नेपालको विश्वकप यात्रा समाप्त

spot_img

टी-२० विश्वकप २०२६ को रोमान्चक भिडन्तमा आज नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ। दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकका बावजुद नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र १५.२ ओभरमा १ विकेट गुमाएर सहजै पुरा गर्‍यो।

यस हारसँगै नेपाल प्रतियोगिताको सुपर ८ को दौडबाट बाहिरिएको छ।नेपालको ब्याटिङ धरासायी भएको बेला दीपेन्द्रले ४७ बलमा ५८ रन (३ चौका, ३ छक्का) बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। यो उनको टी-२० करियरको ११औँ अर्धशतक हो।

तल्लो क्रममा सोमपाल कामीले १५ बलमा २६ रनको आक्रामक अविजित पारी खेले। नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिँदै नेपालको मध्यक्रम तोडिदिए। उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

सम्बन्धित समाचार

ताजा समाचार