टी-२० विश्वकप: वेस्ट इन्डिजविरुद्ध नेपालको ‘गर या मर’ को खेल

spot_img

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा आज नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा इङ्गल्याण्ड र इटालीसँग पराजित भएको नेपालका लागि आजको खेल ‘गर या मर’ को स्थितिमा रहेको छ। सुपर-८ को दौडमा जीवित रहन नेपालले आजको खेलमा वेस्ट इन्डिजलाई हराउनै पर्ने हुन्छ। यदि आजको खेलमा नेपाल पराजित भएमा विश्वकपको यात्रा समूह चरणबाटै समाप्त हुनेछ।

अर्कोतर्फ, वेस्ट इन्डिज लगातार दुई जितका साथ उच्च मनोबलमा छ। स्कटल्याण्ड र इङ्गल्याण्डलाई पराजित गरिसकेको वेस्ट इन्डिज आज नेपाललाई हराउँदै सुपर-८ मा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा रहनेछ।

सम्बन्धित समाचार

ताजा समाचार