नेपाल र म्यानमारबीचको २-२ गोलको बराबरीमा सम्पन्न खेलमा सावित्रा भण्डारी (सम्बा) बनिन प्लेयर अफ द म्याच

spot_img

काठमाडौं : भायनेट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिप २०२५ को चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचकाे खेल २–२ गोलको बराबरीमा सकिएको छ। यो खेलको प्लेयर अफ द म्याच सावित्रा भण्डारी (सम्बा) ले प्राप्त गरेकी छिन् ।

लिग चरणको अन्तिम खेलमा म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। म्यानमारका लागि म्याट नोइ खिनले फ्रि किकलाई गोलमा परिणत गरेकी थिइन्। यस्तै खेलको ११औं मिनेटमा नेपालको तर्फबाट सावित्रा भण्डारीको असिस्टमा सविता राना मगरले पोष्ट नजिकैबाट गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

त्यस्तै, १६औं मिनेटमा फेरी म्यानमारकी मेहेत लुले डि बक्स भित्रबाट डिफेन्डरलाई बिट गर्दै दोस्रो गोल गरेर अग्रता दिलाएकी थिइन् । खेलको ४०औं मिनेटमा नेपालको तर्फबाट प्रिती राईको पासमा सावित्रा भण्डारी (सम्बा) ले गोलकिपरलाई वान बाई वानमा विट गर्दै खेल बराबरी गोल फर्काएपछि पहिलो हाफ गेम बराबरमा टुंगिएको थियो ।  खेलको दोस्रो हाफमा कसैले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियाे ।

 

सम्बन्धित समाचार

ताजा समाचार