काठमाडौं : भायनेट अन्तर्राष्ट्रिय विमेन फुटबल च्याम्पियनसिप २०२५ को चार देशीय अन्तर्राष्ट्रिय विमेन फुटबल च्याम्पियनसिपको लिगचरणको अन्तिम नेपाल र म्यानमारबीच भईरहेको खेलको पहिलो हाफमा २–२ गोलको बराबरीमा सकिएको छ।
लिग चरणको अन्तिम खेलमा म्यानमारले छैटौं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। म्यानमारका लागि म्याट नोइ खिनले फ्रि किकलाई गोलमा परिणत गरेकी थिइन्। यस्तै खेलको ११औं मिनेटमा नेपालको तर्फबाट सावित्रा भण्डारीको असिस्टमा सविता राना मगरले पोष्ट नजिकैबाट गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
तेसैगरी १६औं मिनेटमा फेरी म्यानमारकी मेहेत लुले डि बक्स भित्रबाट डिफेन्डरलाई बिट गर्दै दोस्रो गोल गरेर अग्रसरता ल्याएकी थिइन् । खेलको ४०औं मिनेटमा नेपालको तर्फबाट सावित्रा भण्डारीले गोलकिपरलाई वान बाई वानमा विट गर्दै खेल बराबरी गोल फर्काइ पहिलो हाफ गेम बराबरमा टुंगिएको हो ।

