टर्कीमा भूकम्प जादा १ जनाकाे मृत्यु २९ घाइते

spot_img

काठमाडौँ । टर्कीमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

आइतबार बेलुका टर्कीको उत्तरपश्चिमस्थित बालिकेसिर प्रान्तमा सिन्डिर्गी केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएकाे हाे ।

भूकम्पमा परी १ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । उक्त भूकम्पमा  १६ वटा भवन भत्किएका छन् ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार आइतबार साँझ ७:५३ मा आएको हो । यसको झट्का इस्तानबुलसम्म महसुस गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार