फागुन १० गते । कुम्भ स्नान गरेर फर्किदै गरेकाे स्कारपियाे दुर्घटना हुँदा चार जनाकाे ज्यान गएकाे छ। भारतकाे गाेरखपुरमा ट्याक्टरसँग ठाेकीएर दुघटना हुँदा उनीहरूकाे घटनास्थलमै मृन्यु भएकाे हाे।
मृत्यु हुनेमा सप्तरी कञ्चनरूप वडा ७ का अन्दाजी ६३ बर्षीय पर्शु्राम चाैधरी, ६२ बर्षीय लीलाबती देबी र कञ्चनरूप वडा ५ का ५५ बर्षीय हरीहरदेवीयादव रहेका छन् ।
यस्तै साेही घटनामा निधन भएका एक महिलाकाे भने नाम खुल्न सकेकाे छैन भने कञ्चनरूप ७का उपेन्द्रनारायण चाैधरी गम्भीर घाइते भएकाे कञ्चनरूप वडा ७ का अध्यक्ष श्यामनन्द चाैधरीले जानकारी दिए।
मृतककाे शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएकाे छ।

