काठमाडाैँ । २ लाख नजिक पुगेकाे सुनकाे मूल्य एकैदिन ७ हजार ५ सयले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा किनबेच भइरहेकाे छ ।
मंगलबार सबैभन्दा उच्च् रेकर्ड बनाएकाे छापावाल सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ ।

