डाेटीकाे जोरायलमा मिनीट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

spot_img

काठमाडाैँ । भीमदत्त राजमार्गअन्तर्गत डाेटीकाे जोरायल गाउँपालिका–१ गोल्डेनमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार