काठमाडाैँ । कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई स्थिति जटिल बनेको भन्दै केहीदिन परीक्षा सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।
सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ ।
यसअघि परीक्षा बोर्डले सबै संयन्त्र प्रयोग गरेर भएपनि तोकिएको समयमै परीक्षा गर्ने निर्णय गरेको थियो ।

