१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साथै उनले नयाँ शक्तिले प्रधानमन्त्रीले राजीनामा कहिले दिने भनेर प्रश्न गरेको बताउँदै आक्रोश व्यक्त गर्दै भने, ‘ प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् ? मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु । पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु । पत्रिकालाई अरु नै बनाउन मन होला ।” विद्या भट्टराईले घाँटीको अपरेशन गरेका कारणा राजीनामा दिएको तर सबै मिडियाका हेडलाइन आफूविरुद्ध भएको बताएका छन् ।

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले घाँटीको अपरेशन गरेका कारण राजीनामा दिएको तर सबै मिडियाका हेडलाइन आफूविरुद्ध भएको समेत बताए ।

उनले अहिले एमालेबिनाको नेपाल खोजी भइरहेकोमा आपत्ति जनाउँदै भने, “किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ । केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?’

उनले आफूलाई बूढो देख्ने भए २०–२५ वर्ष पर्खिन अनुरोध समेत गरे ।

सम्बन्धित समाचार

ताजा समाचार