दाउन्नेमा सुक्खा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध

सडक विस्तारका क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो खसेपछि पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड सडक अवरुद्ध भएको हो ।

spot_img

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको दाउन्नेमा मंगलबार दिउँसो सुक्खा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक विस्तारका क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो खसेपछि पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड सडक अवरुद्ध भएको हो ।

दाउन्ने सडक खण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएको हो ।

पहिरो खसेपछि साना सवारी र यात्रुवाहक बसका यात्रुलाई झारेर सवारी पास गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सडक अवरुद्ध भएपछि मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार