माओवादी केन्द्रकाे शैली लुकिङ लन्डन, टकिङ टोकियो : घनश्याम भूसाल

घनश्याम भूसालले भने, ‘माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ। झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको ।’

spot_img

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रकाे शैली ‘लुकिङ लन्डन, टकिङ टोकियो’ भनेर आलोचना गरे ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले  एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।

उनले भने, ‘माओवादीको त सन्दर्भै मिल्दैन । माओवादबाट हेर्दा यसको वर्ग के देखिन्छ, भूराजनीति के देखिन्छ, केही पनि देखिन्न । लुकिङ लन्डन, टकिङ टोकियो देखिन्छ ।’ उनले थपे, ‘माओवादी मधेशमा दगुर्दैछ, आँखा काठमाडौंमा छ। झ्यालमा कहाँ बत्ती बोलेको छ त्यता हेर्छ । त्यस्तो कुरा छ हाम्रो प्रियतम् पार्टीको ।’

त्यस्तै उनले ११ गतेकाे एमालेले शक्ति प्रदर्शन लक्षित हुदै भने ११ गते आई लभ यु केपी बा भन्ने हाेइन  ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’

कार्यक्रममा बाेल्दै भूसालले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए ।

‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ । अरू लायक भए नालायकजस्तो देखिन्छ,’ उनले भने ।

मधेशवादी दलहरूको पनि आलोचना गर्दै उनले क्षेत्रीय पार्टीले केन्द्रको समस्या समाधान गर्न नसक्ने जिकिर गरे ।

सम्बन्धित समाचार

ताजा समाचार