कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेकाे अवस्थामा एक व्यक्तिकाे शव फेला परेकाे छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको बताइएकाे छ ।
राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाकाे अनुसन्धानका लागि नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।

