काठमाडाैँ । सुनकाे मूल्य एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेकाे छ । साेमबार सुन प्रतितोला १ लाख ९१ हजारमा किनबेच भएकाे थियाे ।
केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा किनबेच भइरहेकाे छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएकाे थियाे ।

