काठमाडाैँ । कक्षाा १२ काे परीक्षा नसर्ने राष्ट्रिय परिक्षा बाेर्डले जनाएकाे छ । बाेर्डकाे आज बसेकाे बैठकले परीक्षा निर्धारीत समयमै हुने निर्णय गरेकाे हाे ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।
शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् ।

