शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

spot_img

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएको उनको सचिवालयले जनाएकाे छ । राजीनामा दिनुअघि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गरेकी थिइन् ।

शिक्षक आन्दोलन चर्किरहेका बेला विभागीय मन्त्रीले राजीनामा दिएकी हुन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलित छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार