‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक औषधिहरू गुणस्तरहीन, बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन

spot_img

काठमाडाैँ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको छ ।

गुणस्तरहीन पाइएका पेटसमबन्धी समस्या निको पार्ने यी दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएकाे छ ।

विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा ती औषधिहरूकाे न्यून गुणस्तर पाइएको  छ ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार