प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षक लक्षित कटाक्ष गरे, 'अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?'

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई सम्भव भएसम्मका माग पूरा गर्ने बताउँदै वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरेका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’

‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ ।त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरुलाई प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’

सरकारसँग सहमति नजुट्दा आज २० औं दिनसम्म पनि शिक्षकहरुले आन्दोलन जारी राखेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार