काठमाडाैँ । शिक्षकहरूले राष्ट्रिय परीक्षा बोर्डको बैठकमा नजाने निर्णय गरेका छन् । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा छलफल गर्न विद्यालयका प्रधानाध्यपकहरुलाई बोलाएको थियो ।
परीक्षाको केद्राध्यक्षसमेत रहेका प्रधानाध्यपकहरूलाई कक्षा १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो । बैसाख ११ गतेदेखि कक्षा १२ काे परिक्षा सञ्चालन हुने तालिका रहेको छ ।
बोर्डले परीक्षा सञ्चालन हुन नसक्नेबारे अहिलेसम्म केही भनेको छैन ।
आन्दोलनकाे २० दिनसम्म पनि कुनै सुनुवाइ नभएकाे भन्दै महासंघले बैसाख १२ गते सम्म आन्दोलन जारी राख्ने जनाएको छ । महासँघले आन्दोलन बिहान ९ देखि १२ बजेसम्म गर्न गरीरहेकाे छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज बस्ने मन्त्री परिषद्को बैठकमा शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेको जनाएइकाे छ ।
शिक्षा ऐनकाे माग गर्दै शिक्षकहरू २० दिनदेखि सडकमा आन्दोलन गरीरहेका छन् ।

