ईसाई धर्मगुरू पाेप फ्रान्सिसको निधन

spot_img

ईसाई धर्मगुरू पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकनले आधिकारिक रूपमा घोषणा गरेको छ ।

उनको रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ मा निधन भएको जनाइएकाे छ ।

उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए ।

केही घण्टा अघि मात्र पोपले इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा कमजोर तर आशावादी उपस्थिति जनाएका थिए। भेला भएका हजारौं विश्वासीहरूलाई आफ्नो ह्वीलचेयरबाट उनले आशीर्वाद दिएका थिए।

उनको इस्टर सम्बोधनले शान्ति, सहिष्णुता र मानवीय मर्यादाको लागि उनले निरन्तर वकालत गरेका थिए।

“धर्मको स्वतन्त्रता, विचारको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र अरूको विचारको सम्मान बिना शान्ति हुन सक्दैन,” उनले स्पष्ट रूपमा भावुक हुँदै भनेका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार