संयुक्त जनआन्दोलन समितिले दियाे सरकारलाई चेतावनी

spot_img

काठमाडौँ । राजसंस्था पुनस्स्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले नागरीकलाई संविधानले दिएको अधिकार हनन गरी निरंकुश बन्दै गएकोले, यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएकाे छ ।

समितिले साेमबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलन, पत्रकार सम्मेलन तथा गोष्ठीहरूमा प्रतिबन्ध लगाउन थालेकोमा ध्यानाकर्षण भएकाे उल्लेख गरेकाे छ ।

समितिका कार्यबहाक संयोजक डा. जगमान गुरुङले सरकार निरंकुश बन्दै असंवैधानिक कार्य गरीरहेकाेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था, सञ्चार माध्यम तथा व्यक्तिहरूलाई आवाज उठाइदिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार