रेनु दाहाललाई हर्क साम्पाङकाे जवाफ : ‘बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिए, मैले सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो, विभेद गरे’

धरानका मेयर राईले ठूला योजना गर्नुपर्थौ भन्ने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अभिव्यक्तिमा धरानका मेयर राईले 'तपाइको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो, ... तपाईंको बाउ ठिक रहेनछन्'  भन्दै जवाफ फर्काएका हुन् ।

spot_img

काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बजेट जति सबै चितवन महानगरपालिकामा खन्याइदिएर विभेद गरेकाे भन्दै मेयर रेनु दाहाललाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् ।

धरानका मेयर राईले ठूला योजना गर्नुपर्थौ भन्ने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अभिव्यक्तिमा धरानका मेयर राईले ‘तपाइको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो, … तपाईंको बाउ ठिक रहेनछन्’  भन्दै जवाफ फर्काएका हुन् ।

दाहालकै पार्टीका सुदन किराती मन्त्री हुँदा आफूले एयरपोर्ट मागेको तर प्रधानमन्त्री दाहालले ‘विराटनगरमा छँदैछ किन चाहियो धरानमा’ भनेर फर्काइदिएकोसमेत राईले लेखेका छन् ।

दाहाल प्रधानमन्त्री हुँदा बजेट जति सबै आफ्नै छोरीको पालिकामा मात्रै खनाइदिएर विभेद गरेको आरोप पनि लगाएका छन् ।

साथै उनले नेकपा माओवादी श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसकेकाे जिकीर समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रैछ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वदेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान गर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…’

सम्बन्धित समाचार

ताजा समाचार