मन्त्रिपरिषद् बैकठ ५ बजे बस्दै, शिक्षकका मागबारे प्याकेजमै सम्बाेधन गर्ने

शिक्षा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरूको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।

spot_img

काठमाडाैँ । आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै सम्बाेधन गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ५ बजे बस्न लागेको हो ।

नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । २१ दिनदेखि काठमाडौँमा शिक्षा ऐनकाे माग राखी महासङ्घले आन्दाेलन गरीरहेकाे छ ।

शिक्षा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरूको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा मन्त्रालयका उच्चाधिकारीसहितलाई निर्देशन दिएका थिए।

 

 

सम्बन्धित समाचार

ताजा समाचार