प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका राजेन्द्र लिङ्देन सहितका राप्रपा नेता रिहा

spot_img

काठमाडाैँ । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रेपछि पक्राउ परेका राप्रपाका सातै जना रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरूलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएका अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई छाडिसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार