काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिंहदरबार गेटभित्रै नाराबाजी गरेपछि प्रहरीले दुबै जनालाई गाडीमा हालेर लगेको हो ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेका थिए । प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्न सक्ने भन्दै निगरानी राखेको थियो ।
यता राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन् ।

