काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नयाँ माइतिघर- नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।
उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो । सवारी साधनको संख्या बढ्नुका साथै डाईभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका छन् ।
यसबाहेक अन्य मुख्य– मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

