राप्रपा बिजुलीबजारमा भेला भई निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिमा

राप्रपाले आज काठमाडाैँका निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने उद्घाेष गरेकाे थियाे । साेहि अनुसार नै राप्रपा बिजुलीबजारमा भेला भई निषेधित क्षेत्र तोड्ने र सामूहिक गिरफ्तारी दिने रणनीतिमा छ ।

spot_img

काठमाडाैँ । राप्रपाले आज काठमाडाैँका निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने उद्घाेष गरेकाे थियाे । साेहि अनुसार नै राप्रपा बिजुलीबजारमा भेला भई निषेधित क्षेत्र तोड्ने र सामूहिक गिरफ्तारी दिने रणनीतिमा छ ।

राप्रपाले आज निषेधित क्षेत्र तोडेर अघि बढ्ने उद्घोष गरेका कारण  सिंहदरबार, संसद भवन, माइतीघर तथा बालुवाटारलगायत निषेधित क्षेत्रमा सुरक्षाकर्मीहरू बिहानैदेखि तैनाथ छन् । निषेधित क्षेत्र तोकेको स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

यता गृह मन्त्रालयले भने हिजो एक विज्ञप्ति प्रकाशित गरी कानुनविपरीतका क्रियाकलाप नगर्न र निषेधित क्षेत्र तोड्न खोजिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

राजेन्द्र लिङ्देनले आफ्नाे फेसबुकमा भने आफुहरूले जे गर्ने भनेरै गर्ने र आजकाे प्रदर्शन प्रतिकात्मक र शान्तिपूर्ण हुने सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

राजसंस्था पुन:स्थापनाकाे माग र चैत १५ को प्रदर्शनमा सहभागी आफ्ना नेताहरूको रिहाइको माग सहित अहिले इतीघर–बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाले प्रदर्शन गरीरहेकाे छ ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले लिङ्देनसहित राप्रपाका नेताहरूलाई बोलाएर लन्च मिटिङ गरेका थिए । जसमा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए ।

सम्बन्धित समाचार

ताजा समाचार