मेयर हर्क साम्पाङ राईको देशैभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा

spot_img

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशैभरि ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ बनाउने घोषणा गरेका छन्।

आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘अब देशै भरि हर्क साम्पाङ अ रिभोलुसन टीम बनाउनेछौँ! मलाई मन पराउने, मेरो विचार र मेरो काम मन पराउने जति सबै जोडिनु होला! मेरो अभियान मन पराउने जति सबै आउनु होला! अब म दिन्छु नेतृत्व! अरूले सक्दैन, जान्दैन! देशको माया लाग्छ भने जोडिनुहोला!’

राईले आफू र आफ्नो काम मन पराउने जति सबैलाई जोडिन आग्रह समेत गरेका छन्। साथै उनले अबको नेतृत्व आफ्नो हुने र अरूले नसक्ने भन्दै अभियानमा आउन अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार