काठमाडाैँ । नेपालकाे पश्चिम भागका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ ।
अहिले अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णाली बाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङ सहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
आज कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा मध्यमदेखि भारी पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग छ ।
देशैभरी पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू-भागका थोरै ठाउँहरूमा पानी पर्न सक्ने भएकाले यसले खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउनु जल तथा मौसम विज्ञान विभाग जनाएकाे छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा पानी परेको छ । गत २४ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा ७६.४ मिलिमिटर रेकर्ड भएको छ ।
पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ । खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो ।
आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको थियो । आज बिहान ८ः४० बजे काठमाडौंबाट उडेको सो जहाजले आकाशमा धेरैबेर फन्को लगाए नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।

