सुमना श्रेष्ठले दिइन रास्वपा सहमहामन्त्री पदबाट राजीनामा

पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत मागसहित सुमनाले राजीनाका दिएकाे बताइएकाे छ ।

spot_img

सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । एक व्यक्तिले एक पद सम्हाल्दा परिणाम प्रभावकारी हुन्छ भन्ने कारणसहित उनले राजीनामा दिएकाे जनाएइकाे छ ।

सभापति लामिछानेको पार्टी पुनर्संरचना गर्ने चाहनालाई सहयोग पुर्‍याउन सुमनाले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘अघिल्लो बैठकमा पार्टी सभापति लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो । त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले भने ।

पुस्तान्तरण, एक व्यक्ति एक पद, पार्टी पुनःसंरचनालगायत मागसहित सुमनाले राजीनाका दिएकाे बताइएकाे छ ।

यसैबीच, रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय बनस्थलीमा बस्ने बैठकमा सुमनाको राजीनामाबारे पनि छलफल हुने बताइएको छ ।

पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी सुमना पूर्वशिक्षामन्त्रीसमेत हुन् । मंसिर २०८० को जलेश्वर बैठकबाट उनी सहमहामन्त्रीमा नियुक्त भएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार