बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको छ । एक आवासीय प्लटमा भएको घोटालाको मामिलामा अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले हसिना, उनको छोरा सजिब वाजेदसहित १७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । एक प्लटको अधिग्रहणमा अनियमितता गरेको आरोपमा एन्टी करप्सन कमिसन (एसीसी) ले लगाएको अभियोगको सुनुवाइ गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो
यसअघि १३ अप्रिलमा पनि राजनीतिक शक्तिको दुरुपयोग गरी जमिन हासिल गरेको आरोपमा हसिनासिहत उनकी भतिजी तुलिप सिद्धिकीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।
विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्रीबाट हटाइएसँगै उनी देश छाडेर भागेकी थिइन ।

