क्यानाडाका विश्वविद्यालयका शिक्षकहरूलाई संयुक्त राज्य अमेरिकातर्फ अनावश्यक यात्रा नगर्न चेतावनी दिएको छ ।
क्यानेडीयन एसोसिएसन अफ युनिभर्सिटी टीचर्स नामक संस्थाले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सिर्जना गरेको राजनीतिक परिस्थिति र केही क्यानाडेली नागरिकहरूले सिमाना पार गर्दा भोग्नुपरेका कठिनाइहरूका कारण आफ्ना सदस्यहरूलाई यस्ताे चेतावनी दिएकाे हाे ।
संयुक्त राज्य अमेरिकासँग कूटनीतिक सम्बन्ध तनावपूर्ण भएकाे देशबाट आएका र ट्रम्प प्रशासनबारे नकारात्मक विचार व्यक्त गरेका व्यक्तिले अमेरिकातर्फको यात्रामा विशेष सावधानी अपनाउन भनेकाे छ । त्यस्तै आफूलाई ट्रान्सजेन्डर भनेर चिनाउने र अमेरिकी प्रशासनको धारणासँग बाझिने अनुसन्धान गरेका शिक्षकहरूलाई साे संस्थाले यस्ताे चेतावनी दिएकाे हाे ।
डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि क्यानाडाकी जस्मिन मुनी, दुईजना जर्मन पर्यटक, र वेल्सबाट आएका एक ब्याकप्याकरसहित केही विदेशीहरूलाई सात दिनभन्दा बढी समयसम्म हिरासत वा प्रोसेसिङ केन्द्रहरूमा राखिएको खबरले निकै चर्चा पाएको छ।

