काठमाडाैँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा रहेका चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको १ सय ५७ रुपैयाँ ५० पैसा र मट्टितेलको १ सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको १ सय ५९ रूपैयाँ र डिजेल–मट्टीतेलको प्रतिलिटर १ सय ४५ रूपैयाँ पर्नेछ ।
यो सँगै तेस्रो वर्गअन्तर्गतका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ ।

