सरकारका काम सुस्त भए : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताकाे अपेक्षा अनुसार सरकारले काम गर्न नसकेकाे, सरकारका काम सुस्त भएकाे बताएका छन् ।  

spot_img

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारका काम सुस्त भएकाे बताएका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनताकाे अपेक्षा अनुसार सरकारले काम गर्न नसकेकाे बताएका हुन् ।

उनले भने , ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई कंकर्डकाे स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन ।‘

थापाले सरकारले काम गर्न नसक्दा अहिले सडक आन्दाेलन भइरहेका भन्दै आलाेचना समेत गरे । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।’

साेहि क्रममा थापाले सरकारकाे कामकाे गति बढाउन खबरदारी गरिरहेको समेत बताए ।

 

सम्बन्धित समाचार

ताजा समाचार