एमाले पार्टी कार्यालयमा सिस्नु लगाउँदै बिसु पर्व मनाइयाे

सुदूरपश्चिममा नयाँ वर्षमा बिसु पर्व अन्तर्गत सिस्नु लगाउने गरिन्छ । यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास छ । 

spot_img

काठमाडाैँ । नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बिसु पर्व मनाउँदै सिस्नु लगाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सिस्नु लगाएर नयाँ वर्षकाे शुभकामना दिएका हुन् ।

सुदूरपश्चिममा नयाँ वर्ष अर्थात बैशाख १ गते बिसु पर्व अन्तर्गत सिस्नु लगाउने गरिन्छ । यसो गर्दा पुराना रोगव्याधिहरू जाने र नयाँ वर्षमा सबैको राम्रो हुने विश्वास छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको र प्रचण्डले सरकारबाहिर रहँदाको कुण्ठा र पीडाबोध प्रकट गरेकाे बताएकाे छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार धेरै अगाडि जान नसक्ने र नयाँ वर्षमा नयाँ सरकार बन्ने  बताएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार