काठमाडाैँ । शिक्षक महासंघको आह्वानमा २० चैतदेखि शुरु भएको शिक्षकहरूको सडक आन्दोलन १३ औँ दिनसम्म आइपुग्दा पनि जारी छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।
सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरेकम छन् ।
नयाँ वर्षको आरम्भको दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गरेकाे शिक्षक महासंघले जनाएकाे छ ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेर संसद्को आगामी अधिवेशनबाट ऐन जारी गर्नेगरी सरकारले बताउँदै आएको छ ।
तर, विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भएका कारण ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।

