काठमाडाैँ । पर्साको वीरगञ्जमा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण गर्न १४५ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको स्थानीय प्रशासनले जनाएको छ । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो जानकारी दिएका हुन् ।
सो घटनामा २५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते भएको जानकारी पनि उनले दिए ।
शनिबार दिउँसो भएकाे झडप पछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य नबनेकोले प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

