सुनकाे मूल्य निरन्तर उकालाे, ताेलाकाे १ लाख ८६ हजार

spot_img

काठमाडाैँ । सुनकाे मूल्य निरन्तर बढिरहेकाे छ । आज आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।

आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार