काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नबताए । गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार धेरै अगाडि जान नसक्ने बताए ।
‘सरकारमा भएकाहरू पनि सडकमा आउन थालेका छन् । भनेपछि परिस्थिति पेचिलो बनेको छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ,’ उनले भने ।
प्रचण्डले सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नु उपयुक्त हुने समेत बताए ।
पत्रकारकसँगकाे कुराकानीमा प्रचण्डले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि २०८१ ले २०८२ का लागि आधार दिएकाले नयाँ वर्षमा संकल्प गर्नुपर्ने उनले बताए ।

