ज्येष्ठ नागरिक भत्ता पाउने उमेर फेरि ७० वर्ष पुर्‍याउन सुझाव

spot_img

काठमाडाैँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिक भत्ता पाउने उमेर पुनः ७० वर्ष कायम गर्न सुझाव दिएको छ ।

शुक्रबार आयोगको पूर्ण प्रतिवेदन बुझाउदै चालु खर्च भित्र सामाजिक सुरक्षा खर्च तीब्रदरमा बढिरहेको सन्दर्भमा यसमा हुने खर्च थप बढ्न नदिन सरकारलाई आग्रह गरेको हो ।

प्रदेश सरकार र स्थानीय तहहरूले समेत विभिन्न खालका सामाजिक सुरक्षा खर्च गरिरहेको सन्दर्भमा कतिपय सामाजिक सुरक्षाको व्यवस्था हटाउन वा घटाउन सुझाव दिइएको छ ।

यसअघि पनि ७० वर्ष उमेर रहेकोमा शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले ६८ वर्षमा झारेको थियो ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार