काठमाडाैँ । बिहीबार मात्रै हालसम्मकै उच्च कायम भएको सुनको मूल्य आज थप बढेकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएकाे छ ।
बिहीबार तोलाकाे १ लाख ८१ हजार १ सय रुपैयाँका खरिदबिक्रि भएकाे सुनकाे मूल्य एकैदिनमा ३ हजार ९ रुपैयाँले बढेको हाे ।
आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको आज ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

