काठमाडाैँ । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रसाईं फरार थिए।
प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो ।


