काठमाडाैँ । भारतमा पक्राउ परेका राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले आज काठमाडौं ल्याइँदै छ ।
चैत्र १५ गते तीनकुने घटनापछि फरार रहेका उनको खोजी कार्य नेपाल प्रहरीले गरिरहँदा उनले भने बिहीबार भारतको आसामबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।
प्रहरीले पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याउने तयारी गरेको भएपनि त्यहाँ उनका समर्थकको भीड रहेका कारण सुरक्षा संयन्त्रलाई मध्यनजर गर्दै भद्रपुर विमानस्थल मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएकाे छ ।
प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो । प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ ।

