काठमाडाैँ । चैत १५ गतेकाे राजावादी प्रर्दशनका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार, भारतको आसाम राज्यमा पक्राउ परेका उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ ।
प्रसाईंको सचिवालयले भने उनले सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेकाे बताएकाे छ ।
प्रसाईले फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो । व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।

