सेयर बजार दोहोरो अंकले बढ्याे

spot_img

काठमाडाैँ । बुधबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेको छ । सेयर बजार मापन नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसुचक बढेपनि कारोबार रकम भने घटेकाे छ ।

मंगलबार ५ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएको छ ।

कारोबार अवधिभर ३१७ कम्पनीको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । होटल तथा पर्यटन सेक्टरमा लगानीकर्ता आकर्षित देखिएका छन् । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो ।

सर्वाधिक मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु), सोल्टी होटल, ङादी ग्रुप पावर, इन्ग्वा हाइड्रोपावरको मूल्य पनि बढेका छन् ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार