अछाम आगलागी : २७ घर नष्ट, सात करोड बढीको क्षति

spot_img

अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा ७ कराेड बढीकाे क्षति भएकाे छ ।

आगलागीबाट २७ घर जलेर नष्ट भएकाे अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विस्फोट हुँदा फैलिएको आगो बजारमा फैलिएकाे हाे ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार