अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भिषण आगलागी भएको छ । करिब १ घण्टा अगाडिदेखि शुरू भएकाे आगो नियन्त्रणमा आगो सकेकाे छैन ।
जिल्ला प्रहरी कार्यालय अछामले सिलिन्डर बिस्फोट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेकाे छ ।
एक घरबाट शुरु भएको आगो फैलिएर अहिले बजार भरि सल्किएको एक स्थानीयले बताए ।
आगलागी भएकाे स्थानमा शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित मंगलसेन नगरपालिकाको दमकल पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जय पार्कीले जानकारि दिए ।
आगो नियन्त्रण भन्दा बाहिर गएको कारण के कती क्षती भयाे भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

